+
Search

ताजा अपडेट +

पपुलर +

घट्याे पेट्रोल र डिजेलको मूल्य, कहाँ कति पुग्याे?

4KNationalDaily
२०८१ जेष्ठ १९, शनिबार १०:१२ बजे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। शुक्रबार रातिदेखि लागू हुने गरी नियमले मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६५ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रोमा क्रमशः १६७ र १६८ रुपैयाँमा कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५० रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १५२ र १५३ रुपैयाँमा कारोबार हुनेछ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily