+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसदको दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

4KNationalDaily
२०८१ जेष्ठ २०, आईतवार ०७:५७ बजे

काठमाडौं- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजदेखि दुवै सदनमा बजेटसम्बन्धी छलफल सुरु हुँदैछ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यसपछि आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily