+
Search

ताजा अपडेट +

पपुलर +

कारभित्र बोरामा १ करोड १ लाख भेटिएपछि…

4KNationalDaily
२०८१ जेष्ठ २०, आईतवार ०८:४६ बजे

सुनसरी– सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।

शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख )रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् ।

नगद रकम , कार र चालकलाई आबश्यक अनुसन्धान तथा कारबाहिका लागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उक्त रकम हुन्डी कारोबारको हुन सक्ने आशंका रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily