काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको पिच टाल्न पुगेका सडक विभागका मजदुर र मेयर बालेन्द्र शाहका समर्थकबीच विवाद भएको छ।
सोमबार महानगरपालिकाले काटेको उक्त सडक टाल्न सडक विभागको टोली पुगेको थियो। तर, सडक विभागले काम थालेपछि त्यहाँ केहीबेर विवाद सिर्जना भएको छ।
लगत्तै, काठमाडौँ महानगरपालिकाका नगर प्रहरी पनि न्युरोड पुगेका छन्।
मेयर शाहको निर्देशनमा गत जेठ २० गते न्युरोडको सडक काटिएको थियो। जुन काम हुन नदिएपछि मेयर शाहले सांकेतिक रुपमा सडक विभागको गेटमा एक ट्रक फोहोर खन्याएका थिए।
त्यसपछि बढ्दै गएको विवाद कार्यापालिका बैठकमा समेत पुगेका थियो।
प्रतिक्रिया