+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेकाे गुनासाे- सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ, मेरो भाग्य यस्तै रै’छ !

4KNationalDaily
२०८१ जेष्ठ २४, बिहीबार ०८:२२ बजे

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको गुनासो गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि ‘सहकारी ठग’को ट्याग लगाइएको गुनासो गरेका हुन् ।

‘सहकारी पीडितहरुका लागि कैयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ । मेरो भाग्य यस्तै छ’, उनले भने ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूलाई अनावश्यक रूपमा आरोपित गरेको जिकिर गरे । ‘नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहें’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily