+
Search

ताजा अपडेट +

पपुलर +

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र

4KNationalDaily
२०८१ जेष्ठ ३०, बुधबार ०९:५६ बजे

म्याग्दी- जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

बेनी बजारबाट १२ दशमलव ५ किलोमिटर मङ्गला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ। सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत-बाबियाचौर-लाम्पाटा-पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्‍याएको छ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको ३ किलोमिटर ८ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर/ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा सम्झौता भएको थियो।

चौबिस किलोमिटर लामो बेनी-दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो।

-रासस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily