+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंक लिमिटेडद्वारा त्रिभुवन विश्वविद्यालयलाई सडक डिभाइडर हस्तान्तरण

4KNationalDaily
२०८१ जेष्ठ ३०, बुधबार १०:५१ बजे

काठमाडौं- नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले डिभाइडरहरू सहयोग स्वरुप प्रदान गरेको छ।

बैंकका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले त्रिवि अन्तर्गत विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा डा ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरे।

उक्त कार्यक्रममा  डा राईले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिए।

शाखा प्रबन्धक दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालयबीच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सराहना गरे।

साथै उनले बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily