+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका ११ स्थानीय तहलाई संघ सरकारले दियाे ४ अर्ब ६० करोड अनुदान

4KNationalDaily
२०८१ जेष्ठ ३२, शुक्रबार १०:२५ बजे

गोरखा– जिल्लाका ११ स्थानीय तहलाई संघीय सरकारबाट ४ अर्ब ६० करोड अनुदान पाउने भएका छन् । दुई नगरपालिका र नाैं गाउँपालिका रहेको गोरखामा ४ अर्ब २७ करोड ७३ लाख चालुतर्फ र ३३ करोड २३ लाख पुँजीगत प्रकृतिको बजेट रहेको छ । पुँजीगत तर्फको बजेट जिल्लामा आएको कुल बजेटको १३.८७ प्रतिशत मात्रै हो ।

गोरखाका ११ स्थानीय तहमा आउने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ रहेको छ । सशर्त अनुदान २ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ रहेको छ । विशेष अनुदान १४ करोड ९५ लाख रुपैयाँ र समपूरक अनुदान १६ करोड २० लाख रुपैयाँ रहेको छ ।

जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका र सबैभन्दा कम उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाले पाउने भएका हुन् । जसमा गोरखाले ६२ करोड १२ लाख अनुदान पाएको थियो भने अघिल्लो वर्ष ६१ करोड ८१ लाख थियो । चुमनुव्रीले गत वर्ष २० करोड ७७ लाख अनुदान पाएका थिए भने चालु वर्षमा १९ करोड ८२ लाख रहेको छ ।

पालुङटार नगरपालिकाले ५९ करोड ८६ लाख पाएको छ भने अघिल्लो वर्ष ५७ करोड २ लाख, अजिरकोट गाउँपालिकाले ३० करोड १९ लाख पाएको छ भने अघिल्लो वर्ष ३१ करोड ६८ लाख, आरुघाट गाउँपालिकाले ४२ करोड २ लाख रुपैयाँ अनुदान पाएको थियो भने अघिल्लो वर्ष ४० करोड ४२ लाख पाएको थियो ।

यस्तै, गण्डकी गाउँपालिकाले अघिल्लो वर्ष ४४ करोड ६८ लाख पाउँदा चालु वर्षमा ४५ करोड २९ लाख, धार्चे गाउँपालिकाले २९ करोड ९९ लाख पाउँदा अघिल्लो वर्ष ३१ करोड २१ लाख, भीमसेनथापा गाउँपालिकाले ४० करोड ५६ लाख पाउँदा अघिल्लो वर्ष ४० करोड १० लाख अनुदान पाएको थियो ।

शहिद लखन गाउँपालिकाले ४१ करोड ९४ लाख अनुदान पाउँदा अघिल्लो वर्ष ४३ करोड २०, सिरानचोक गाउँपालिकाले अघिल्लो वर्ष ४६ करोड ८९ लाख पाउँदा चालु वर्षका लागि ४६ करोड ७३ लाख र बारपाक सुलिकोट गाउँपालिकाले ४२ करोड ४४ लाख पाउँदा गत वर्ष ४० करोड ५९ लाख अनुदान पाउने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily