+
Search

ताजा अपडेट +

पपुलर +

व्यास नगरपालिकाका मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

4KNationalDaily
२०८१ जेष्ठ ३२, शुक्रबार १९:२३ बजे

तनहुँ- असार २ गतेका लागि तय भएको व्यास नगरपालिकाको मेयरका लागि भएको निर्वाचनको पुनः मतगणना स्थगित भएको छ ।

मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत, पोखराका सहरजिस्ट्रार विश्व पौडेलले जानकारी दिए ।

मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत, पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपानेले सर्वाेच्च गए ।

उनको रिट सर्वाेच्चमा हेर्न नभ्याइनेमा परेपछि मेयर न्याैपानेले पुन:मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिएका थिए । उच्चले यसको निर्णय गर्ने अधिकार रजिस्ट्रारलाई दियो, जसले पुनः मतदान रोक्ने निर्णय गरेको हाे ।

तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना गर्न जेठ १ गते उच्च अदालत पोखराले आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको थियो ।

फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily