काठमाडौं– दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगास्तिानविरुद्ध सानदार सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले १० ओभरमा ९ विकेट गुमाएर ५० रन जोडेको छ। २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो।
दक्षिण अफ्रिकालाई तीव्र गतिका बलर मार्को यानसन र कागिसो रबाडाले सानदार सुरुवात दिलाएका हुन् ।
यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक २८१ रन बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । यानसनले तेस्रो ओभरको तेस्रो बलमा गुलबदीन नैबलाई ९ रनमा बोल्ड आउट गरे ।
चौथो ओभरको पहिलो बलमा इब्राहिम जद्रानलाई २ र चौथो बलमा मोहम्मद नाबीलाई शून्यमा बाल्ड गरेपछि अफगानिस्तान ३.४ ओभरमा २०/४ को अवस्थामा पुगेको थियो । ६.३ ओभरमा एनरिक नोर्ट्जेले आजमतुल्लाह ओमरजाईलाई आउट गरे ।
प्रतिक्रिया