+
Search

ताजा अपडेट +

पपुलर +

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस लिखु तामाकोसीमा दुर्घटना

4KNationalDaily
२०८१ असार १४, शुक्रबार ०९:५६ बजे

काठमाडौं- रामेछापबाट काठमडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।

लिखु तामाकोसी गाउँपालिका- ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

लिखु तामाकोसी- ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताए।

‘म डाक्टर सापलाई लिएर घटनास्थलतिर जाँदैछु,’ उन भने, ‘घाइतेमध्ये लिखु तामाकोसी ६ बिर्ताकी सकुन्ताल श्रेष्ठ र लिखु तामाकोसी- ६ कै धारेकी सावित्री घिमिरेको अवस्था गम्भीर रहेको जानकारी मलाई आएको छ।’

घाइते पाँचै जनालाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थलीतिर लगिएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily