+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढी सहभागी

4KNationalDaily
२०८१ असार १६, आईतवार २२:१९ बजे

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्‍न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार ७ वटै प्रदेशमा आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता रहेको थियो।

कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५००, मधेशमा २ हजार २००, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५००, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५०० र सुदूरपश्चिममा २ हजार ५०० भन्दा बढी लक्षित वर्गको सहभागिता रहेको बैंकले जानकारी दिएको छ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्धन कार्यक्रमहरू संचालन गरिरहेको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily