+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा फेरि दुई सयले बढ्यो, कतिमा हुदैंछ काराेबार?

4KNationalDaily
२०८१ असार १७, सोमबार ११:१८ बजे

काठमाडौं– सुन तोलामा २ सय रुपैयाँले बढेको छ। सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन पनि तोलामा २ सय रुपैयाँ बढेको थियो। कारोबार मूल्य प्रति तोला एक लाख ४२ हजार रुपैयाँ भएको थियो। चालु महिना सुन अधिकतम एक लाख ४२ हजार ८ सय रुपैयाँ तोलासम्म पुग्दै घटबढ हुँदै आएको छ।

चाँदीको मूल्य प्रति तोला एक हजार ७ सय ९० रुपैयाँ स्थिर छ। गत बिहीबारका तुलनामा १० रुपैयाँले बढेर शुक्रबार उक्त मूल्य कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३२३.८९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २९.०९ डलर छ। सोमबार सुन प्रतिऔंस २३२६.७३ डलर र चाँदी २९.१४ डलर थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily