+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस-एमाले सहमतिपछि बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो

4KNationalDaily
२०८१ असार १८, मंगलवार ०९:५७ बजे

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।

उनले भनेका छन्- ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौँको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।

एमाले र कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले एमालेका अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily