भरतपुर– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ।
आज एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो।
नलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा सम्मान गरेका हुन्।
नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन्।
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेल क्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन्।
जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले खेल क्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे।
प्रतिक्रिया