+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

4KNationalDaily
२०८१ असार १९, बुधबार १०:५४ बजे

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरू भएकाे छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो । आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily