+
Search

ताजा अपडेट +

पपुलर +

रविको पार्टी होइन भनेर तयार गरेको लिखित प्रस्ताव सभापतिले पेस गर्न दिएनन् : मुकुल ढकाल

4KNationalDaily
२०८१ असार १९, बुधबार १२:३२ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सभापति रवि लामिछानेले प्रतिवदेन पेस गर्न दिएका छैनन् ।

पार्टी बैठक लाइभ गर्ने उनको प्रस्ताव अस्वीकार भएपछि मुखमा कालो टेप बाँधेर पुगेका ढकालले आफ्नो प्रस्तावमा पार्टीलाई रविको नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरेको बताएका छन्।

मंगलबार बसेको सचिवालय बैठकले समीक्षा प्रतिवेदनका आधारमा महामन्त्री ढकालले बनाएको प्रस्ताव केन्द्रीय बैठकमा पेश गर्न दिने निर्णय गरेको थियो । तर, बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले प्रतिवेदन पेस गर्न पाएनन् ।

‘हिजो बसेको पार्टीको सचिवालय बैठकले मलाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदनका आधारमा बनेको प्रस्ताव पेस गर्ने अनुमति दिने निर्णय गरेको थियो तर, आज सभापतिले अनुमति दिनुभएन,’ महामन्त्री ढकालले भने ।

बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily