काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।
बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया