+
Search

ताजा अपडेट +

पपुलर +

आयुक्तले हडपेको जग्गा खाली गर्न खोजेपछि अख्तियारले मेयरलाई सोध्योः बाढी पीडितलाई सहयोग किन दिएको?

4KNationalDaily
२०८१ असार २०, बिहीबार ०८:३६ बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि अख्तियारले बाेलाएकाे हाे ।

मेयर महर्जन विरुद्ध अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियाे ।

आयोगले महर्जनलाई असार २६ गते बिहान १० बजे ३ नम्बर गेटमा उपस्थित हुन भनेको छ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता, गुठियार र स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएका थिए। महानगरले हडपेको जग्गा खाली गर्न आग्रह गरे पनि नमानेपछि भत्काएको मेयर चिरिबाबु महर्जनले बताए।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।

बुधबार मात्रै महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

मन्दिरको जग्गा मिचेको भन्दै महानगरले आयुक्तको घरको पर्खालमा डोजर लगाएको हो । महानगरले वडा न १० चाकुपाटस्थित अमात्यको घरको कम्पाउन्ड पर्खाल भत्काइदिएको थियाे ।

अख्तियारले पत्र पठाउने र महानगरले डोजर चलाउने घटना बुधबार संयोगले एकै दिन भएको छ । पहिले अख्तियारले पत्र पठाएको हो या महानगरले डोजर चलाएको हो उक्त कुरा भने खुलिसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily