+
Search

ताजा अपडेट +

पपुलर +

महाधिवेशन सकेलगत्तै प्रचण्ड भेट्न बालुवाटार पुगे माधव नेपाल, भने- हाम्रो खोजी भइरहेको छ

4KNationalDaily
२०८१ असार २१, शुक्रबार १५:५२ बजे

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।

महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’

उनले महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्‍यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको दाबी गरे । यसैबीच नेपाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

संसदका दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ गते विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

एकीकृत समाजवादीले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily