+
Search

ताजा अपडेट +

पपुलर +

भीमसेन थापा गाउँपालिकामा सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन

4KNationalDaily
२०८१ असार २१, शुक्रबार १६:३२ बजे

गोरखा– भीमसेन थापा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ म पालिका भित्रका सबै नागरिकहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको छ ।

२०७८ को जनगणनाको तथ्याङक अनुसार १६ हजार ९ सय ८६ जनाको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए । गाउँपालिकाले यो बिमा गरिरहँदा १ जना बराबर प्रमीयम ७१ रुपैयाँ राष्ट्रिय कम्पनी लिमिटेडलाई भुक्तानी गर्ने गरेको छ ।

पालिकाले ५० हजार बिमाङ्कन बराबरको बिमा सुविधा सोही गाउँपालिका भित्र घर भई स्थायी बसोबास गर्ने नागरिकहरू दुर्घटनामा परेमा १० हजार बराबरको उपचार ब्याहाेर्ने, दुर्घटना भई मृत्यु भएमा मृतकाको परिवारले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । यो कार्यक्रमबाट अहिले सम्म १८ जनाले लाभ लिएका छन् ।

घाइतेले उपचार गरेको बिलको र अस्पतालको सिफारिसको आधारमा गाउँपालिकाले राष्ट्रिय कम्पनी लिमिटेडलाई पठाउँछ र सोही आधारमा पालिकाको नाममा पैसा आउँछ र पालिकाले सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily