+
Search

ताजा अपडेट +

पपुलर +

भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा सेमिफाइनलमा

4KNationalDaily
२०८१ असार २२, शनिबार ०९:४० बजे

काठमाडौं- भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

शनिबार बिहान भएको क्वार्टरफाइनलमा टाइबेकरमा भेनेजुएलालाई ४–३ ले जित्दै क्यानडा अन्तिम चारमा प्रवेश गरेको हो।

रोमाञ्चक टाइब्रेकरमा विल्कर एन्जल चुक्दा भेनेजुएला क्वार्टरफाइनलबाटै बाहिरिएको हो। निर्धारित समयमा १/१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।

पहिलो हाफको १३औँ मिनेटमा जाकोव सेफलवर्गको गोलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो। तर ६४औँ मिनेटमा सोलोमन रोनडोनको गोलमा भेनेजुएला खेलमा फर्किएको थियो।

त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। क्यानडा सेमिफाइनलमा अब अर्जेन्टिनासँग भिड्नेछ।

सेमिफाइनल खेल बुधबार हुनेछ। तेस्रो क्वार्टरफाइनलमा कोलोम्बिया र पानामा तथा उरुग्वे र ब्राजिल आइतबार बिहान भिड्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily