+
Search

ताजा अपडेट +

पपुलर +

राप्ती नगरपालिकाका मेयर लामामाथि आक्रमण, वडाध्यक्षहरूसंग थियाे ‘लामो समयदेखि विवाद’

4KNationalDaily
२०८१ असार २४, सोमबार ०८:३८ बजे

चितवन– राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ ।

आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माध्यमिक विद्यालयको पछाडि लामा सवार बा२झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् ।

लामा आफैंले कार्यालयको गाडी चलाएका थिए । कार्यालयमा सवारी चालक भए पनि लामा आफैंले गाडी लिएर हिँड्ने गर्छन् ।

आक्रमण गर्ने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । विवादका कारणले नगरसभासमेत गर्न सकेका छैनन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily