+
Search

ताजा अपडेट +

पपुलर +

रविमाथि सहकारी र राहदानी प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल

4KNationalDaily
२०८१ असार २७, बिहीबार ०८:५२ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले रविमाथि छानबिन गर्न पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे।

उनले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछाने उपर छानबिन समिति बनाउनुपर्ने माग गरे। छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने उनको धारणा छ।

उनले भने, ‘सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ। राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ’ उनले भने, ‘पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily