+
Search

ताजा अपडेट +

पपुलर +

मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

4KNationalDaily
२०८१ असार २७, बिहीबार ०८:५६ बजे

चितवन– इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज बिहान ५ बजे मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily