+
Search

ताजा अपडेट +

पपुलर +

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

4KNationalDaily
२०८१ असार २७, बिहीबार ११:४१ बजे

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily