+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यले तोड्यो रेकर्ड, शुक्रबार प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँ पुग्यो

4KNationalDaily
२०८१ असार २८, शुक्रबार ११:१८ बजे

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।

शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।

यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily