+
Search

ताजा अपडेट +

पपुलर +

गोली लागेर घाइते भएपछि ट्रम्पले लेखे- ‘गड ब्लेस अमेरिका’

4KNationalDaily
२०८१ असार ३०, आईतवार ०९:०७ बजे

अमेरिका– पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत पोतिएको देखिन्छ। उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ।

गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो। मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो..।’

उनले आफ्नो र्‍यालीमा गोली लागेर मारिएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily