+
Search

ताजा अपडेट +

पपुलर +

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

4KNationalDaily
२०८१ असार ३१, सोमबार ०९:११ बजे

चितवन– नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ ।

गत शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरू पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ ।
अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रवार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठमाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुशल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशूली नदीमा खाेजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily