+
Search

ताजा अपडेट +

पपुलर +

तीन सय दिनमा फ्लडलाइट र प्यारापिटसहितको कीर्तिपुर रंगशाला निर्माण गर्ने सरकारको निर्णय

4KNationalDaily
२०८१ असार ३१, सोमबार २०:४६ बजे

काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकबारे जानकारी गराउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily