काठमाडौं– गण्डकी प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् ।
राजधानीमा उनीहरूले कोशीमा सबै पार्टी एकतावद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले सुदूरपश्चिम अखण्ड नै रहेको देखिएपनि मन्त्री बनाउँदा गण्डकीलाई उपेक्षा गरेको निष्कर्ष निकाले। सुरूमा जीवन परियारलाई सरकारमा समेट्ने चर्चा चलेकोमा उनलाई पठाइएन ।
गण्डकीबाट प्रतिनिधिसभामा धनराज गुरुङ, जीवन परियार, राजेन्द्र बजगाईँ, राजु थापा, योगेश गौचन, टेकबहादुर गुरुङ, शंकर भण्डारी र खमवीर गुर्जुवा छन् ।
पार्टीमा गुट उपगुट झाँगिदै गएको, गण्डकी प्रदेश सरकार कांग्रेसकै नेतृत्वमा भएपनि संघीय सांसदसंग मुख्यमन्त्रीले कुनै समन्वय नगरेको पनि बैठकमा कुरा उठेको छ । पार्टी नेता-कार्यकर्ता बीच एकता नभएको प्रदेश, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने व्यक्तित्व नभएकाजस्ता कारण आफूहरूलाई निषेध सुरू गरेको पनि उनीहरूको ठहर छ । गण्डकी पार्टीको एकता, समन्वय र सद्भाव उठाउने कोसिस नगरेकैले संगठन खस्किएको उनीको जिकिर छ ।
प्रदेशमा राष्ट्रिय राजनीतिको एउटा पंक्ति भएपनि राष्ट्रपतिको रूपमा अवतरित गरिएपछि गतिविधि सशक्त अघि बढाउन नसकिएको पनि छलफल भएको छ ।
‘तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, गोपालमान श्रेष्ठ तथा गोविन्दराज जोशीहरूको रिटार्यमेन्टको परिस्थितिमा केन्द्रीय उपसभापति धनराज गुरुङ सहमहामन्त्री जीवन परियार जो जनजाति र दलित वर्गकै हिसाबले पनि अत्यन्त लाभदायक हुनुपर्ने निचोड निकाल्दै वैचारिक ढंगले केन्द्रीय पार्टीलाई टेवा र सचेत गराइएको छ’, एक सांसदले भने ।
उनले थपे, ‘एमालेसँगको गठबन्धनमा ढुक्क हुन नहुने तथा भारत र चीनसँगको हाम्रो सम्बन्धबारे चर्चा भयो । गण्डकीको जनताको जीवनस्तर उकास्ने विषय पनि उठेको छ ।’
संवैधानिक परिषद् र संवैधानिक निकायका नियुक्तिमा कांग्रेस नेतृत्वले बनाएको सोचबारे पनि छलफल गरिएको छ ।
गोरखाको स्थानीय निर्वाचनको बेला टिकटको द्वन्द्व र अन्य केही घटनाले आन्तरिक मित्रतामा क्षति पुगेको महसुस गरेको ती सांसदले सुनाए ।
बैठकमा वर्तमान मुख्यमन्त्रीबाट भिन्न विचार समूहबाट माग गरिएका योजनापत्र च्यातिएको र आफ्नै गुटलाई मात्र प्राथमिकतामा पार्ने कार्य गरेकोबारे टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको समन्वयलाई भने चित्तबुज्दो मानिएको छ ।
कालीगण्डकी करिडोरलगायतका कुरामा पनि चासो राखिएको छ ।
गण्डकीमा १२ ठाउँमा टिकट पाएकोमा १० ठाउँ जितेको तर तनहुँ उपनिर्वाचन गुमाउनु गठबन्धनको परिणाम भएको उनीहरूको निचोड छ ।
प्रतिक्रिया