+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो

4KNationalDaily
२०८१ श्रावण ३, बिहीबार ०८:३० बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily