+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?

4KNationalDaily
२०८१ श्रावण ६, आईतवार १९:२८ बजे

काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएका अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आईतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाईल नेकपा(माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे ।

पुनले गिरीबन्धु टि स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताए । उनले भने, ‘आज प्रधानमन्त्रीेले जति कुराहरु गर्छु भन्नुभयो । ती कुराहरु भाषणमा मात्रै सीमित हुनेछन् । किनभने त्यसलाई कार्यक्रमले, बजेटले समर्थन गर्नुपर्ने हुन्छ । होइन भने जनतालाई झुक्याउने खालको कुरा हुन्छ । यसो नगरीदिनुहोस् भन्ने मेरो अनुरोध हो । किनभने जिम्मेवार मान्छे, चार चार पटक प्रधानमन्त्री भईसकेको मान्छे । यो कुरा नबुझेर होइन । अलिकति जनतालाई भ्रम दिने ढंगले कुराहरु नगरिदिनुहोस् भन्ने मेरो अनुरोध छ ।’

‘आज भ्रष्टाचारको कुरा उठने वित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाईल खोल्ने बित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठदै गर्दा यहाँ नेपाली काँग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ । त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी स्टेट, गिरीबन्धु टी स्टेट भनियो । के हुन्छ यसमा ?’ उनले बताए ।

पुनले नेपाली कांग्रेसले पनि गिरीबन्धु टी स्टेटलगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily