काठमाडौं– एनएमबि बैंकले होम लोनको नयाँ योजना ल्याएको छ। बैंकले ८.९२ प्रतिशतबाट ब्याजदर सुरु हुने गरी एनएमबि होम लोन योजना ल्याएको हो।
एनएमबि होम लोनमा ग्राहकले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन्।
एनएमबि बैंकले विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरी सकेकको छ
प्रतिक्रिया