काठमाडौं– कामना सेवा विकास बैंकको नाफामा ६६ प्रतिशते वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद नाफामा ६६.९२ प्रतिशतले वृद्धि भएको हो ।
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ भर कुल ६० करोड ३२ लाख १७ हजार ८४० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको नाफाभन्दा ६६.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३६ करोड १३ लाख ६४ हजार ५४४ रुपैयाँ रहेको थियो ।
बैंकले आम्दानी बढाए पनि खराब कर्जामा भने सुधार देखिएको छैन । बैंकको खराब कर्जा ३.२१ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षमा बैंकको खराब कर्जा ३.०९ प्रतिशत रहेको थियो । जुन ०.१२ प्रतिशतले बढेको छ ।
त्यस्तै कामनाले आफ्नो ब्याज आम्दानीलाई पनि बढाएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो ब्याज आम्दानी २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगाएको छ । जुन अघिल्लो वर्षमा २ अर्ब ६ करोड ७६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
त्यसै गरी बैंकको कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो ८३.२८ प्रतिशत रहेको छ । भने, आधार दर ९.२० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १८.३८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति सेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।
प्रतिक्रिया