+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेकाे रेसेफाँटमा पहिरो, ५ जना बेपत्ता

4KNationalDaily
२०८१ श्रावण १३, आईतवार ०८:३४ बजे

गोरखा– धार्चे गाउँपालिका-५, सिङग्लास्थित रेसेफाँट भिरमा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । बेपत्ता सोलाल गुरुङ, उनका छोरा जीत बहादुर, बुहारी शान्ति बेपत्ता छन् । वाटर इनर्जीका सामाजिक परिचालक रमेश गुरुङ र चालक रमेश परियार बेपत्ता छन् ।

स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाए लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार खोर्लाबेसीबाट सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टरको विकल्प नभएकोले गृह मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

घटना स्थलमा सेना र प्रहरीको टोली पुग्न ६ घण्टाको समय लाग्ने वडाध्यक्ष भीम प्रसाद गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily