काठमाडौं– प्रभु बैंक लिमिटेडले आइतबार तेह्रथुम र धनकुटामा शाखा विस्तार गरेको छ।
बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका-१ मा ३०८औँ र धनकुटाको धनकुटा नगरपालिका-७ स्थित हुलाक टोलमा ३०९औँ शाखा संचालनमा ल्याएको जनाएको छ।
प्रभु बैंकले विभिन्न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ।
बैंकका अनुसार यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ।
म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३०९ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।
प्रतिक्रिया