+
Search

ताजा अपडेट +

पपुलर +

आइतबार उपत्यकामा सार्वजनिक विदा

4KNationalDaily
२०८१ श्रावण १८, शुक्रबार १६:४५ बजे

काठमाडौं- सरकारले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘… मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

विज्ञप्ति

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily