+
Search

ताजा अपडेट +

पपुलर +

काभा नेसन्स कपः नेपाल इरानसँग पराजित

4KNationalDaily
२०८१ श्रावण २०, आईतवार १९:४० बजे

काठमाडौं- काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपाल इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसँग ३-२ सेटमा पराजित भएको हो ।

पहिलो सेट १६-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-१६ ले जीत हासिल गरेको थियो । तेस्रो सेट १७-२५ ले गुमाएको नेपालले चौथो सेट २५-१५ मा जीत निकाल्दै खेल पाँचौं सेटमा धकेलिएको थियो ।

पाँचौं सेटमा १३-१५ ले गुमाउँदै नेपाल इरानसँग पराजित हुन पुग्यो । यसअघि शनिबार भएको खेलमा नेपालले भारतलाई ३-२ सेटले पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ।

समान ७ अंक भएको भारत शीर्ष र इरान दोस्रो स्थानमा छ। ६ अंक भएको नेपाल तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको श्रीलंकाको ४ अंक छ। लिगको शीर्ष र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily