काठमाडौं- गत आर्थिक वर्षको अन्तिम त्रैमासमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड खुद नाफा कमाएको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैकको खराब कर्जा खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुग्यो ।
बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ।
बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ छ। बैंकले निक्षेप १४.३४ प्रतिशत र कर्जा ४.२३ प्रतिशत बढाएको छ।
प्रतिक्रिया