+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड कमायो

4KNationalDaily
२०८१ श्रावण २१, सोमबार ०८:४७ बजे

काठमाडौं- माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अधिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बैंकको खुद नाफा सामान्य घटेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।

बैंकको प्रोजिन शुल्क भने घटेर १ अर्ब ७ करोड रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत, सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ।

बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily