+
Search

ताजा अपडेट +

पपुलर +

इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

4KNationalDaily
२०८१ श्रावण २२, मंगलवार १८:५९ बजे

काठमाडौं- नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो ।

नेपालले यो खेल २५–२१, २२८–२६ र २५–२० ले जित्यो। नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ। भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो।

नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथि नेपालले पहिलोपटक जित हात पारेको थियो ।

भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो।

इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily