+
Search

ताजा अपडेट +

पपुलर +

साना दलको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्नुपर्छ- महेश बस्नेत (भिडिओ)

4KNationalDaily
२०८१ श्रावण २५, शुक्रबार ०८:५३ बजे

काठमाडाैं- नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले देशमा राजनीतिक स्थिरता दिनका लागि कांग्रेस–एमालेबिच सत्ता सहकार्य भएको बताए । उनले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए ।

उनले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताए । उनले निर्वाचनसँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताए । उनले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily