काठमाडौं– प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
२५ साउनमा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जीसीले बैंकको ३१५औं शाखाको उद्घाटन गरेका हुन् ।
सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । जसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास बैंकको छ ।
बिजुवार शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।
प्रतिक्रिया