काठमाडौं– सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ।
साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो।
यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो।
त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो।
कुल ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर बिक्रीमा यो कीर्तिमान बनेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९४.५३ अंकले नेप्से बढेर २८६०.९१ विन्दुमा पुगेको छ।
योसँगै आज २२५ कम्पनीको सेयर मूल्य बढ्दा १५ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
प्रतिक्रिया