+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंकले घटायो भदौ महिनाकाे निक्षेपको ब्याजदर

4KNationalDaily
२०८१ श्रावण ३२, शुक्रबार ०८:३९ बजे

काठमाडाैं- नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ ।

साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत रहेको ब्याजदर भदौ महिनाका लागि पनि ५.२५ प्रतिशत कायम गरिएको छ ।

बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.०५ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

साउन महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily