काठमाडौं- सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै हालसम्मकै उच्च भएको भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ८ सय १० रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदी तोलामा २० रुपैयाँ बढ्दा प्रति तोला १ हजार ७ सय ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस २५०८.१८ डलर छ। चाँदी प्रति औँस २९ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया