+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीको दाबी- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ

4KNationalDaily
२०८१ भाद्र ३, सोमबार १७:३२ बजे

vकाठमाडौं । गृहमन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको बताए ।

उनले भने, ‘नयाँ सरकार बनेको एक महिना भएको छ, यो सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गर्दै विकासलाई द्रुत गतिमा बढाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने महत्वपूर्ण उद्देश्यले बनेको छ ।’

उनले संसदमा रहेको दुई ठूला दल मिलेर सरकार बनाउने कुरा स्वभाविक नभएपनि देशलाई निकास दिन मिलेको बताए ।

उनले भने, ‘विगतमा हामीले मुलुको समस्या समाधान गर्नको लागि हामी मिलेका छौं । त्यहीअनुसार अहिले एक ठाउँमा उभिएका छौं । पछिल्लो समय हामीले राजनीतिक स्थितरता दिन सकेनौं । प्रधानमन्त्रीले तीन-तीन महिनामा संसदमा विश्वासको लिनुपर्ने, नयाँ नयाँ समीकरण बन्ने स्थिरता दिन नसेको स्थिति बन्यो सरकार अस्थिर हुँदा देशको सबै क्षेत्रमा समस्या आयो । विधिको शासनलाई ठीक ढंगमा बढाउन सकेन । मुलुक निराशातर्फ जान लागेको स्थिति भएपछि हामी मिल्यौं ।’

संविधान संशोधन, संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सुदृण गर्नको लागि हुने बताए। नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुंग्याएको भन्दै राम्रो कामको सुरुआत भइसकेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily