+
Search

ताजा अपडेट +

पपुलर +

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति चाँडै हुन्छ : अर्थमन्त्री पौडेल

4KNationalDaily
२०८१ भाद्र ५, बुधबार १९:४४ बजे

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त हुने बताएका छन्।

बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्वविहीनको अवस्थामा नरहने बताएका हुन्।

उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे। उनले धितोपत्र बोर्ड लामो समय नेतृत्वविहीन हुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे।

उनले भने,‘जलविद्युतमा विदेशी लगानीमा समय–समयमा समस्या सिर्जना हुने गरेको छ । त्यसलाई सरकारले सम्बोधन गर्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्छ । सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी तुलनात्मक रुपले उल्लेखिय मात्रामा हुने गरेको छ । अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्ने मलाई लाग्छ । त्यस हिसावले सरकारले सोचिरहेको छ । मुलुकले लोडसेडिङ खेपीरहेको अवस्थामा लगानीको निश्चित हिस्सा ऊर्जा उत्पादनमा लगाउनु पर्ने सोच थियो । अहिले पनि जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । यसलाई नियन्त्रण गर्नुहुँदैन । विद्युत विधेयकका विषयमा त्रुटी रहित विधेयक बनाउने पक्षमा छ । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन । यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार छ ।’

उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसम्मत शीघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए। अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily