+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्!

4KNationalDaily
२०८१ भाद्र ६, बिहीबार १९:०० बजे

काठमाडौं– सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन्।

उनले नेपाली विद्यार्थीहरूलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए।

उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरूले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए। उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए।

उनले भने– ‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ । आधा काँग्रेस, आधा एमाले बाँडौ । किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो । दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ । किनकी यो देश जनताको होइन, दलको मात्रै हो । भ्रष्टाचारमो मुद्दामा हदम्याद राख्ने कोशिस भइरहेको छ । ठुला दलले ०४८ सालदेखि सरकार चलाएको कारणले आफुलाई चोख्याउन पाँच वर्षको समय राखेको छ । भ्रष्टाचार भनेको भ्रष्टाचार हो । ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचारकै मुद्दा हुन्छ । त्यसलाई चोख्याउन मिल्दैन । पाँच वर्षको समय दिएर भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको हो, त्यो देशको लागि हाम्रो आपत्ति छ । त्यस्तो बन्न दिनु हुँदैन ।’ 

सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily